Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले WHO लाई दिईने फंडिंगमा रोक लगाए

२०७७ बैशाख ३ गते

बैंकिङ खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई अमेरिकाबाट प्राप्त हुने आर्थिक सहयोग रोक्ने घोषणा गरेका छन् । ट्रम्पले मंगलबार आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहयोग रोक्न निर्देशन समेत दिइसकेका छन् ।

अमेरिकी राष्ट्रपतिले विश्व स्वास्थ्य निकायको आलोचना गर्दै उक्त संगठनले लामो समयदेखि कोरोनाका खतराहरूबारे थाहा पाइसकेको भएतापनि ढिलो कदम चालेकोमा आक्रोश पोखेका छन् । यस महामारीलाई लिएर विश्वव्यापी रूपमा चीन र डब्ल्यूएचओ लाई उनीहरूले भाइरसलाई गम्भीर रूपमा नलिएको कारण सारा विश्वभर फैलिएको आरोप लगाइएको छ ।

Ad