बैंकिङ खबर । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर १९ लाख ९८ हजार ९ सय ७६ जना संक्रमित भएका छन् । यो संख्या बुधबार बिहानसम्मको हो। हाल यो भाइरसबाट १ लाख २६ हजार ७ सय ८ जनाको ज्यान गइसकेको छ । यस्तै, ४ लाख ७८ हजार ९ सय ३१ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ, जसमध्ये २६ हजार ४७ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ७४ हजार ६० जना कोरोना संक्रमीत छन्। यहाँ हालसम्म १८ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ६२ हजार ४ सय ८८ जना कोरोनाका संक्रमित छन् यहाँ २१ हजार ६७ जनाको ज्यान गएको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् । नेपालमा पनि १६ जना कोरोना संक्रमित भेटिएको र १ जना निको भएर घर फकिैएको पुष्टि भएको छ भने यहाँ हालसम्म कसैको मृत्यु भएको छैन ।
कोरोना लाइभ अपडेटको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
