बैंकिङ खबर । सरकारले लकडाउन २ हप्ता थप्नेगरी छलफल सुरु गरेको छ । प्रधानमन्त्रीसहितको बैठकमा यस्तो छलफल सुरु भएको छ । यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनतालाई सम्बोधन गर्दै लकडाउनको समय ३ हप्ता थपेको घोषणा गरेका छन् । भारतले मे ३ सम्म लकडाउन थपेको छ । भारतमा २१ दिनको लकडाउन मंगलबार सकिदै थियो । नेपालको लकडाउन बुधबार सकिँदैछ ।