Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनापछिको वित्तीय विश्लेषण : छायाँ बैंकिङ फस्टाउने, तरलता समस्या बढ्ने

२०७७ बैशाख १ गते

बैंकिङ खबर । कोरोना महामारी र लकडाउनको अबस्थाले छायाँ बैंकिङ थप बढाउने संकेत देखिएको छ । लकडाउन पछि बैंकवित्त भन्दा अन्य क्षेत्रममा रकमान्तरण बढ्ने देखाउँछ । बैंकहरुले १ बर्ष अघि घटाएको निक्षेपको व्याजलाई पुन घटाएका छन् । निक्षेपमा व्याज घट्दा बैकिङ क्षेत्र व्यक्तिको रोजाइमा पर्दैन । नेपालमा यसै पनि वित्तीय साक्षरताको दर कम छ । त्यसमाथि सहकारी क्षेत्रले अधिकाँस ठाउँ ओगटेको छ । सहकारी बाहेक अन्य छाँयाँ बैंकिङको काम गर्ने विभिन्न कोषहरु छन् । त्यससँगै अनौपचारिक अर्थतन्त्र उत्तिकै मात्रामा फष्टाएको छ । कोरोना र लकडाउनका कारण मानिसका स्वभावहरुमा पनि परिवर्तन आउन सक्ने देखिन्छ ।

तरलता अभावको सम्भावना बढी

बैंकिङ क्षेत्रले लकडाउनको अवधिमा व्याज सार्ने बाहेक ऋणीको हकमा कुनै अर्को सहुलीयतको काम गर्ने देखिँदैन । अर्थमन्त्री र गभर्नरले यसबारेमा आफ्ना आधिकारीक धारण सार्वजनिक गरिसकेका छन् । बैंकले निक्षेप संकलनमा व्याज घटाउँदा यसले तरलतामा समेत प्रभाव पार्न सक्ने अनुमान गरिन्छ । विदेश गएका कतिपय व्यक्तिहरु लकडाउन अबस्थापछि नेपाल फर्किने  देखिएको छ । त्यसमाथि रोजगारिका लागि भारत गएका कतिपय नेपालीहरु नेपाल फर्किसकेका छन् । बैदेशिक रोजगार र बैदेशिक शिक्षा अध्ययनलाई पनि यसले प्रभाव पार्ने देखिन्छ । रोजगारमा कमि आई पेशागत संकटले थप कर्जाको माग बढ्ने छ । जसले गर्दा बैकबाट कर्जाको माग बढ्ने र निक्षेपको अबस्थालाई कम्जोर पार्न सक्ने हुनसक्छ । 

सरकारले बाढी पहिरो, भुकम्प लगायतको समयमा राहात कोष खडा गर्ने गर्दछ । त्यस्तै कोरोना रोकथामका लागि पनि कोष खडा गरेको छ । उक्त कोषमा जम्मा भएको रकम खर्चको पद्धतिमा सरकार जहिले चुक्ने गरेको छ । जसले गर्दा राहत समेत निर्धारीत बर्गसम्म पुग्न पाउँदैन । त्यस्तो समस्या कोरोना रोकथाम तथा लकडाउनको राहतबारे धेरै समाचार आइसकेका छन् । यस्तो बेला कोषमा रकम जम्मा गर्ने घोषणा घोषणामै सिमित रहने, कोषलाई प्रभावकारी कार्यान्वयन गर्न नसक्ने तथा खर्चको पारदर्शीता नहुने सम्भावना बढी हुन्छ । 

छायाँ बैंकिङका ठुला कोषहरु

वित्तीय कारोबार गर्ने बैंकिङ क्षेत्रभन्दा बाहिरका संस्थाहरुलाई छायाँ (स्याडो) बैंकिङ भनिन्छ । यस्ता संस्थाहरुले ठुलो मात्रमा वित्तीय कारेबार गरिरहेका हुन्छन् । नेपालमा स्याडो बैंकिङको नियमनकोे लागि छुटै निकाय छैन । हाल स्याडो बैंकिङको नियमन अर्थमन्त्रालयले नै गरिरहेको छ । नेपालमा स्याडो बैंकिङमार्फत ठुलो मात्रामा पुँजी परिचालन भइरहेको छ । कर्मचारी संचयकोष नागरीक लगानी कोष र सरकारले हालै मात्र लागु गरेको सामाजिक सुरक्षा कोष स्याडो बैंकिङको कारेबार गर्ने ठुला संस्थाहरु हुन् । यी विभिन्न स्याडो बैकिङको कारोबार गर्ने संस्थाहरुले नेपालमा अर्बौँ रकमको कारोबार गरीरहेका छन् । यसरी स्याडो बैंकिङको काम गर्ने संस्थाहरुमा जम्मा भएको पुँजी बैंक खातामा नै जम्मा भएमा बैंकहरुले निक्षेपको रुपमा परिचालन गर्न पाउँछन् । यस्तो भएमा बैंकिङ क्षेत्रका लागि खासै चुनौति देखिँदैन । यसका अलवा यि संस्थाहरुले उत्पादनमुलक तथा पुर्वाधारको क्षेत्रमा लगानी गरेमा पनि पुँजी निर्माण सघाउ पुग्दछ । पुँजी निर्माण हुनु भनेको निक्षेपको लागि पनि बाटो खुल्नु हो ।

तर नेपालमा पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनुपादक क्षेत्रमा गर्ने लगानीमा कडाई गरेको कारण अनुत्पादक क्षेत्रमा स्याडो बैंकिङको लगानी बढ्न थालेको छ । यदि यस्ता विभिन्न कोषको पुँजी अनुत्पादक क्षेत्रमा लगानी भएमा त्यो देशको दिगो आर्थिक बृद्धिको लक्षमा बाधक पुग्ने निश्चित छ । छायाँ बैंकिङको क्षेत्र विस्तार हुँदै जाँदा यस्तो कारोबार गर्ने संस्थाको छुट्टै नियामक अत्यावश्यक रहेको नेपाल राष्ट्र बैंकको भनाई छ । बैंकिङ क्षेत्रले लगानीयोग्य पुँजीको बेला बेला चरम संकट खेपिरहेको छ ।

कर्मचारी संचय कोष तथा नागरिक लगानी कोषले अहिले पनि केहि जलविद्युत् तथा पुर्वाधारमा बाहेक अन्य क्षेत्रमा खासै लागनी गरिरहेका छैनन् भने करीब ४० हजारको संख्यामा रहेको सहकारी संस्थाहरुको अधिकांश लगानी अनुत्पादक तथा विलाशीलताको क्षेत्रमा नै रहेको छ । स्याडो बैंकिङ विस्तारै बढ्दो छ । तर, यी क्षेत्रहरुको छुट्टै नियामक निकाय छैन ।

सरकारले हालै कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा कोष पनि स्याडो बैंकिङकै अकौ रुप बनेको छ । बैंकिङ कारोबार गर्ने संस्थाको रुपमा यो स्थापित हुँदैछ । कर्मचारी संचय कोष, नागरीक लगानी कोष तथा सामाजिक सुरक्षा कोष जस्ता विभिन्न स्याडो बैंकिङको काम गर्ने संस्थाको लगानी प्रभावकारी नियमनको अभावमा तरलता संकट थप बढाउने छ भने यसले समग्र बैंकिङ क्षेत्रको लागि चुनौति खडा गर्नेछ । तोकिएका संस्था बाहेक अरु धेरैनै छायाँ बैंकिङ क्षेत्रमा पर्ने संघसंस्थाहरु छन् ।

Ad