April 13th, 2020

कोरोना कहर : भारतमा संक्रमितको संख्या बढ्दो क्रममा, ३ सय बढीको मृत्यु

बैंकिङ खबर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण छिमेकी राष्ट्र भारतमा ३ सय ३१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, संक्रमितको संख्या ९ हजार २ सय ५ पुगेको छ । यस्तै १ हजार ८० जना सफल उपचार पश्चात घर फर्कन सफल भएका छन् । पछिल्लो समय भाारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको देखिएको छ ।