२०७३ असार २४ गते

तोलाको ५८ हजार ९ सयमा झर्यो सुनको भाउ, साताभर कस्तो रह्यो ?

goldसाताको अन्तिम दिन सुनको मूल्य घटेको छ । विहिबार स्थिर रहेको सुनको भाउ शुक्रबार तोलाको १ सय रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ ।  

गत साताको अन्तिम दिन छापावाल सुन तोलाको साढे ५८ हजार रुपैयाँ र तेजावी सुन तोलाको ५८ हजार २ सय ५० रुपैयाँका दरले किनबेच भएको थियो । यस आधारबाट हेर्दा यो साताभर सुनको भाउ तोलाको ४ सय रुपैयाँका दर महँगिएको छ । साताको पहिलो दिन तोलाको ३ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार तोलाको १ सय रुपैयाँका दरले बढेको थियो ।  मंगलबार पनि स्थिर रहेको सुनको भाउ बुधबार १ सय रुपैयाँ बढेको थियो भने विहिबार स्थिर रहेको थियो । 

त्यस्तै बुधबार अढाई वर्षयताकै महँगो भएर ९ सय ५ रुपैयाँ प्रतितोला पुगेको चाँदीको भाउ शुक्रबार भने १० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएरहेको महासंघले जनाएको छ ।