बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ५३ हजार १ सय ५५ पुगेको छ, भने १ लाख १४ हजार २ सय ४७ जनाको मृत्यु भइसकेको छ। जसमा ४ लाख २३ हजार ६ सय २५ जना उपचारपछि घर फर्केका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ६० हजार ४ सय ३३ पुगेको छ, जसमध्ये २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जना कोरोना संक्रमीत छन्। यहाँ हालसम्म १७ हजार २ सय ९ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ५६ हजार ३ सय ६३ जना कोरोनाका संक्रमित छन् यहाँ १९ हजार ८ सय ९९ जनाको ज्यान गएको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् ।
