बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २०७७ सालमा बैंक तथा वित्तीय संस्थाको विदाको मिति तय गरेको छ । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको हो ।
केन्द्रीय बैंकका अनुसार २०७७ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा २०७७ माघ १६ गतेदेखि २०७७ चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बैंक खुल्ला रहने छ ।
साथै, कात्तिक १६ गतेदेखि २०७७ माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंक खुल्ला रहने जनाइएको छ । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक खुल्नेछ ।