बैंकिङ खबर । बेलायतले विकाशोन्मुख देशहरुलाई कारोना भाइरसविरुद्ध लड्न २०० मिलियन पाउन्ड सहयोग गर्ने भएको छ । यो सहयोग शरणार्थी क्याम्पहरु र नयाँ ह्याण्ड वासिङ स्टेसनहरुलाई प्रदान गरिनेछ । बेलायतकी इन्टरनेशनल डेभलपमेन्ट सेक्रेटरी एन्नि म्यारी ट्रिभेल्यानले विश्वभरको स्वास्थ्य अवस्था सुधारमा ध्यान दिएमात्रै बेलायतमा भाइरसको दोस्रो चरण सुरु नहुने बताइन् ।
यस सहयोगसँगै महामारी विरुद्ध लड्न बेलायतको योगदान ७७४ मिलियन पाउन्ड पुगेको छ । डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट (डिएफआईडी)का अनुसार, बेलायत भाइरस विरुद्ध लड्न धेरै सहयोग गर्ने देशहरुमध्ये एक रहेको छ ।
बेलायतको यस आर्थिक सहयोगले नयाँ ह्याण्ड वासिङ स्टेसनहरुमा साथै शरणार्थी क्याम्पहरुम आइसोलेसन र उपचार केन्द्रहरु स्थापना गर्न सहयोग पुग्नेछ । साथमा द्धन्द्धरत स्थानहरुमा भएका मानिसहरुका लागि स्वच्छ पानी उपलब्ध गराउन पनि यो सहयोग परिचालन गरिनेछ । बेलायतले आन्तरिक द्धन्द्धमा रहेको यमनलाई थप सहयोग गर्नेछ ।
युएनले गरिब राष्ट्रहरुलाई भाइरस विरुद्ध लड्न सहयोग नगरे फर्केर आउन सक्ने भन्दै चेतावनी दिएको थियो । बेलायतले गर्न लागेको सहयोगमध्ये, १३० मिलियन संयुक्त राष्ट्र संघका एजेन्सीहरुमार्फत परिचालित हुनेछन् । ५० मिलियन रेड क्रसमार्फत र २० मिलियन युके च्यारिटिज लगायतका गैरसरकारी संस्थाहरुमार्फत परिचालन गरिनेछ ।
।




