युरोपेली संघबाट बेलायत बाहिरिने भएपछि अन्तर्राष्ट्रिय बजारमा नै ठूलो अलचल मच्चियो । शेयर बजारको गिरावट र मुद्राको अवमूल्यनले एकप्रकारको तरंग नै ल्याइदियो । गत २३ जुनमा इयसबाट बाहिरिने कि नबाहिरिने भन्ने विषयमा गरिएको जनमत संग्रहमा बाहिरिने पक्षमा बहुमत आएप िबेलायतले इयुबाट बाहिर्रिने निर्णय गरेको हो । निर्णय गर्नेवित्तीकै तत्कालै बाहिरिने भन्ने चाहिँ हुँदैन । विभिन्न आवश्यक प्रक्रिहरु पूरा गर्दा बेलायत इयुबाट औपचारिक रुपमै बाहिरिन झण्डै २ वर्ष लाग्छ ।
मुद्रा अवमूल्यन
बेलायतले इयुबाट बाहिरिने निर्णय गरेयता त्यहाँको मुद्रा निरन्तर अवमूल्यन भइरहेको छ । २३ जुनभन्दा यताको अवधिमा पाउन्डको भाउ २० रुपैयाँ ओर्लिसकेको छ । जनमत संग्रहका दिन पाउन्ड १५९.७६ रुपैयाँमा थियो । निर्वाचन परिणाम घोषणा हुने वित्तिकै पाउन्ड १५०.५८ रुपैयाँमा झरेको थियो । लगातार ओर्लिरहेको पाउन्डको भाउ अहिले १ सय ४० रुपैयाँको हाराहारीमा छ । युरोमा भने खासै गिरावट आएको छैन । निर्वाचनका दिन एक युरो बराबर १२२.१६ रुपैयाँ रहेको युरोको भाउ अहिले ११९.१७ रुपैयाँ छ ।
शेयर बजारमा गिरावट
अलग हुने निर्णयले सेयर तथा वन्ड मार्केट पनि ओराली लागिरहेको छ । अब कहिलेसम्म ओरालो लाग्ने हो भन्ने कुराको अनमान गर्न नसकिने विश्लेषकहरु बताउँछन् । एसियाली शेयर बजार जनमत संग्रह हुनुअगाडी घट्दो क्रममा रहेपनि त्यसयता खासै घटेको छैन । अमेरिकी डलर र सुनको भाउ भने आकाशिँदो छ ।