बैंकिङ खबर । यदी तपाई काठमाडौंमा अलपत्र पर्नुभएको छ वा काठमाडौं छोड्न खोज्नुभएको छ भने सरकारले गाउँ जान दिने भएको छ । लकडाउनका कारण गाडी नपाएपछि काठमाडौंमै अलपत्र परेकालाई सरकारले नै गाडिको व्यबस्था गर्ने भएको छ । जसअनुसार शुक्रबार र शनिबार (भोलि र पर्सि) दुई दिनका लागि यो व्यवस्था गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण गर्न बनेको समितिले यस्तो व्यबस्था गर्ने निर्णय गरेको छ । धेरै मानिसहरु काठमााडैंमा अलपत्र परेका समाचारहरु प्रकाशमा आएका थिए । तथापि यो समयमा काठमाडौं भित्रिन भने पाईदैन ।




