बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८१ घ’ बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । बैंकले ५ बर्षको अवधीको लागि ‘विकास ऋणपत्र २०८१ घ’ बोलकबोल मार्फत निश्कासन गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आज दिँउसो ३ बजेसम्म बोलकबोल गरेर उक्त ऋणपत्र बिक्री गरिने छ ।