नेपाल राष्ट्र बैंकले चैत्र २७ लागि एक अमेरीकी डलरको खरिद मूल्य १२१ रुपैयाँ ९० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १२२ रुपैयाँ ५० पैसा रहेको छ ।
एक युरोको खरिददर १३२ रुपैयाँ ५९पैसा छ भने बिक्रिदर १३३ रुपैयाँ २४ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १५० रुपैयाँ ७२ पैसा र बिक्रिदर १५१ रुपैयाँ ४६पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ११ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ११ रुपैयाँ २५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३९१ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३९३ रुपैयाँ ८९ पैसा रहेको छ ।

