बैंकिङ खबर । बाणिज्य बैंकहरुले मुद्धति र बचतमा व्याजदर घटाएपछि विकास बैंक, फाइनान्स कम्पनी, माइक्रो फाइनान्स कम्पनीहरुको व्याज कुन आधारमा घट्छ ? भन्ने प्रश्न उठ्न थालेको छ । यसैगरी सहकारी क्षेत्रमा पनि ठुलो कारोबार हुने गरेको छ । सहकारी क्षेत्रलाई पनि यसले व्याज घटाउन दवाव सृजना गरेको छ । तथापी नियमनकारी निकायहरुले व्याजदर निर्धारण गर्ने विषयमा समन्वयन गरेको पाईदैन । बचत र मुद्धतिमा व्याजदर घटाएर बैंकहरुले ऋणको व्याज पनि घटाउने तयारी गरेका छन् ।
बैंकहरुले निक्षेपको व्याजदर घटाएका छन् । बचतखातामा र मुद्धति खातामा यसअघि पाउँदै आएको व्याजमा बैंकहरुले कटौती गरेका हुन् । बैंकर्स संघले गरेको सहमति अनुसार नै बुधबारबाट सबै वाणिज्य बैंकहरुले निक्षेपतर्फ व्याज घटाएका छन् । वाणिज्य बैंकहरुले मुद्दति र बचत डिपोजिटको ब्याज दर घटाएका छन्। बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यसअघि ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा पनि व्याज घटाएका छन् । बाणिज्य बैंकले बढीमा साढे ६ प्रतिशत दिँदै आएको बचतको ब्याजमा एक प्रतिशत दघटाएर ५.५ प्रतिशत कायम गरेका छन् । ऋणको ब्याज घटाउनका लागि निक्षेपको व्याज घटाइएको उनीहरुले बताएका छन् । निक्षेपको ब्याजसँग आधार दर घट्ने र सोही अनुसार ऋणको ब्याज घट्ने बतायएको छ । बैंकहरुले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशत विन्दुले घटाएका छन्। यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुनेछ । आगामी जेठ १ गतेबाट लागु हुनेगरी ऋणको ब्याज घट्ने बताइएको छ ।