April 8th, 2020

कोरोनाको उद्गमस्थल चीनको ‘वुहान सहर’मा हट्यो लकडाउन

बैंकिङ खबर । चीनको वुहान सहरमा लगाइएको लकडाउन हटेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको उद्गमस्थलमा बुधबारबाट लकडाउन हटाइएको हो । त्यहाँ लकडाउन हटाइनुले विश्वलाई नै केही सकारात्मक शन्देश दिएको छ । कोरोना प्रकोप पछि, बुधबार बिहानै चीनको वुहान शहरमा मानिसहरुको भिड देखिएको थियो । शहरमा ७६ दिनको लकडाउन अन्त्य भएको छ । स्थानीयहरूले लकडाउन हटेपछि स्थानियले राहतको सास लिएका छन् । ११ हप्ता पछि चीनमा लकडाउन समाप्त भएको हो । वुहानमा गरीएको लकडाउनलाई ध्यानमा राख्दै विश्वका धेरै देशहरूले संक्रमण फैलाउन रोक्न लकडाउन अपनाए । अब स्मार्ट फोन एप्लिकेशनले उनीहरू स्वस्थ वा संक्रमित व्यक्तिको सम्पर्कमा रहेको देखाउँनेछ ।