बैंकिङ खबर । चीनको वुहान सहरमा लगाइएको लकडाउन आजदेखि हटाइएको छ । त्यहीबाट नै कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको हो । कोरोना प्रकोप पछि, आज बिहानै चीनको वुहान शहरमा मानिसहरुको भिड देखिएको थियो । शहरमा ७६ दिनको लकडाउन अन्त्य भएको छ । स्थानीयहरूले लकडाउन हटेपछि स्थानियले राहतको सास लिएका छन् । ११ हप्ता पछि चीनमा लकडाउन समाप्त भएको हो ।
वुहानमा गरीएको लकडाउनलाई ध्यानमा राख्दै विश्वका धेरै देशहरूले संक्रमण फैलाउन रोक्न लकडाउन अपनाए । अब स्मार्ट फोन एप्लिकेशनले उनीहरू स्वस्थ वा संक्रमित व्यक्तिको सम्पर्कमा रहेको देखाउँनेछ ।
