बैंकिङ खबर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा दु्रत गतिमा अघि बढिरहेको छ । आजसम्म अमेरिकामा ४ लाख ५४० मा कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट १२ हजार ८५७ जनाको मृत्यु हुँदा २१ हजार ७११ ठिक भएर घर फर्केका छन् ।
हाल विश्वभर १४ लाख ३१ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ जसमध्ये ८२ भन्दा बढीको मृत्यु भईसकेको छ भने ३ लाख भन्दा बढी उपचार पछि निको भएका छन् ।