नेपाल धितोपत्र बोर्डले फर्दर पब्लिक अफरिङ (एफपीओ)को मूल्य निर्धारणसम्बन्धि नयाँ कार्यविधि बनाउने भएको छ । बोर्डले एफपीओमा निर्धारण हुने सेयर मूल्यमा एकरूपता ल्याउनका लागि नयाँ कार्यविधि बनाउन लागेको जनाएको छ । कार्यविधि बनाउन बोर्डले सदस्य तथा विज्ञसहितको समिति समेत गठन गरिसकेको छ । समितिले आवश्यक अध्ययन गरी कार्यविधि तयार गर्नेछ ।
हालसम्म प्रिमियममा सेयर मूल्यमा निष्कासन गर्दा निश्चित विधि छैन । कम्पनी आफैँले प्रिमियमसहितको सेयर मूल्य आफूखुसी तोक्दा समस्या आउने भएकाले एकरूपताका लागि कार्यविधि बनाउने लागिएको बोर्डको भनाइ छ । बोर्डले निश्चित विधि तयार गरेपछि सोहिअनुसार कम्पनीले प्रिमियम मूल्य निर्धारण गर्नेछन् ।