बैंकिङ खबर । जापानले आफ्नो अर्थव्यवस्थालाई कोरोनाभाइरस महामारीबाट जोगाउन लगभग १० खर्ब डलर दिने जनाएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले उक्त राहत प्याकेज घोषणा गरेका हुन् । यो आश्चर्यजनक रकम हो जुन विश्वको तेस्रो ठूलो अर्थव्यवस्थाको वार्षिक उत्पादनको २० प्रतिशत बराबर हो । भाइरसको कारण आफ्नो आय गुमाएका परिवार र साना व्यवसायका मालिकहरुलाई विशेष राहतको प्याकेज ल्याइएको छ । प्याकेजले कर नलाग्ने र शून्य ब्याजदरको पनि सुविधा दिने जनाएको छ । देशहरू लकडाउनमा जाँदा घरपरिवार र व्यवसायलाई अचानक सहयोग पुर्याउने उद्देश्यका साथ सरकारले खर्च गर्ने ठूलो रकम निकाल्ने जापान पहिलो देश हो । गत महिना संयुक्त राज्यले २ ट्रिलियन डलरको विधेयक पारित गरेको थियो । जुन इतिहासको सब भन्दा ठूलो आपतकालीन सहायता प्याकेज हो । जर्मनी, फ्रान्स, यु के, इटाली, स्पेन र अन्य प्रमुख अर्थतन्त्रहरूले पनि ठूलो खर्च योजना घोषणा गरेका छन् ।
नेपाल राष्ट्र बैंक
जापानमा यति ठुलो राहत ‘कोरोनाबाट अर्थतन्त्र जोगाउन’ १० खर्ब डलर घोषणा !
२०७६ चैत्र २५ गते