बैंकिङ खबर । कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको अवस्था बिग्रेकोले उनलाई (आईसीयू) मा सारिएको छ ।
प्रधानमन्त्री बोरिसलाई कोरोना पोजेटिभ देखिएको थियो । उनलाई सोमबार साँझ अवस्था बिग्रँदै गएकोले आइसोलेशन वार्डबाट सारिएको हो । बोरिसलाई करीव १० दिन पहिले कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई क्वारेन्टाइन गरिएको थियो । बेलायती प्रधानमन्त्रीले त्यहाँबाट आफ्नो काम गरिरहेका थिए, र देशमा कार्यान्वयन गरिएको लकडाउनको अवस्था अनुगमन गर्दै थिए । अब बेलायतका विदेश मन्त्री डोमिनिक रबले प्रधानमन्त्री जोनसनको ठाउँमा बेलायतको कामको रेखदेख गर्ने छन् ।
नेपाल राष्ट्र बैंक
कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था बिग्रियो, आईसीयूमा भर्ना
२०७६ चैत्र २५ गते