April 7th, 2020

नव गभर्नरले आजै शपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । १७ औँ गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर राणा समक्ष आज साढे ११ बजे शपथ लिने कार्यक्रम रहेको स्रोतले जनाएको छ । यस्तै सपथ ग्रहणपछि उनले आजबाटै कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

मन्त्रिपरिषदको हिजोको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो। यसअघि अर्थमन्त्री खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारी सहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो। उनी पूर्व डेपुटी गभर्नर समेत हुन् । उनलाई यसअघि पनि गभर्नरमा सिफारिस गरिएको थियो । तत्कालिन गभर्नर डा. युवराज खतिवडाको पालामा उनी सहयोग गर्ने र निकट रहेका व्यक्ति मानिन्छन् ।