बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । भने ७४ हजार ६ सय ९७ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ, जसमध्ये १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ३६ हजार ७ सय ७५ जना कोरोना संक्रमीत छन्। यीमध्ये १३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ३२ हजार ५ सय ४७ जना कोरोनाका संक्रमितमध्ये १६ हजर ५ सय २३ जनाले ज्यान गएको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् ।