बैंकिङ खबर । कोरोना भाइरसको संक्रमणसँग जुध्न विश्व बैंकले नेपाललाई करिब तीन अर्ब ५० करोड ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई कोरोना संक्रमण नियन्त्रण तथा स्वास्थ्य सम्बन्धी क्षेत्रमा खर्च गर्नको लागि सहुलियतपूर्ण ऋण सहयोग गर्न लागेको हो । नेपालको लागि विश्व बैंकका प्रमुख फ्यारिस एच हाजाडले विश्व बैंकको सहयोग स्वीकृति गर्ने निर्णय गरिसकेको र सो सहयोगको सम्झौता गर्न लागिएको जानकारी दिएका छन् । सहयोग रकम कोरोना भाइरसद्धारा उत्पन्न खतराको रोकथाम, राहत तथा आपतकालीन सार्वजनिक स्वास्थ्यको तयारीमा खर्च हुनेछ । विश्व अर्थतन्त्र खस्कदै गएको अवस्थामा विश्व बैंकले १२ विलियन अमेरिकी डलर सहयोग (अनुदान र ऋण) गर्ने घोषणा गरेको छ । सोही अनुसार नेपालमा पनि उक्त सहयोग आउने भएको हो ।