April 6th, 2020

अबको लकडाउन वैशाख ३ गतेसम्म थपियो

बैंकिङ खबर । दुई हप्तादेखि भइरहेको लकडाउनको अवधि फेरी थपीएको छ । सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो त्यसपछि चैत १७ मा थप एक हप्ता लकडाउन थप्ने निर्णय भएको थियो । अब भोली म‌ंगलबार त्यो अवधि पनि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। सरकारले लकडाउनका अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।