बैंकिङ खबर । कामना सेवा विकास बैंक, हेटौडा शाखाले हेटौडा उप महानगरपालिका वडा नम्बर ०२ स्थित ग्रामीण जिवनस्थर मन्च मकवानपुर द्धारा संचालित बाल गृह हाम्रो घर लाइ खाद्यान्न सामाग्री सहित ह्याण्डवास लगायत सामाग्री सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक सहितको टोलिले आज बाल गृह हाम्रो घर पुगेर हप्ता दस दिनलाई पुग्ने खाद्य सामाग्री सहयोग गरेको हो ।
हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक निश्चल मानन्धरले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत खाद्यान्न सामाग्री हरु वितरण गरेको बताए । देश नै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको भन्दै मानन्धरले त्यहांँ रहेका बेसहारा बालबालिकालाई राहत पुगोस भन्ने हेतुले सामाग्री सहयोग गरिएको बताए । बिगत पांँचबर्ष देखि सञ्चालनमा आएको उक्त बाल गृह हाम्रो घरमा बेसाहारा, सहयोगापेक्षी गरी ३० जना आश्रित छन्।
सो क्रममा प्रतिक्रिया दिदै बाल गृहकि ब्यावस्थापक अस्मिता न्यौपानेले आश्रममा दैनिक खाद्यसामाग्री अभाव भइरहेको बेला बैंकले गरेको सहयोगले केही राहत मिलेको बताउनुभयो। लकडाउन अघि अन्य दाताहरुले दैनिक रुपमा विभिन्न अवसर पारेर आर्थिक सहयोग गर्दै आएपनि हालका दिनहरुमा सहयोग कम आएका कारण समस्या पर्दै गएको उहाको भनाई थियो । बैंकले यस अघि पनि बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको थियो ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा कार्यालयहरु तथा ६५ वटा ATM मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।