राष्ट्रियस्तरको विकास बैंक सिद्धार्थ डेभलपमेन्ट बैंकमा विभिन्न पदमा जागीर खुलेको छ । बैंकले केही संख्यामा जुनियर अफिसर, व्यवस्थापन (प्रशिक्षार्थी), एसिस्टेन्ट, र जुनियर एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो ।
बैंकले तोकेका योग्यताहरु
जुनियर अफिसरका लागि विजनेस एडमिनिस्ट्रेसन, विजनेस स्टडिज, कमर्स, मेनेजमेन्ट, फाइनान्स या अर्थशास्त्र कुनै एक विषयमा स्नातकोत्तर तहमा नेपालको कुनै एक विश्वविद्यालय टप गरेको र २१ वर्ष पुरा भइ ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
व्यवस्थापन (प्रशिक्षार्थी)का लागि विजनेस एडमिनिस्ट्रेसन, विजनेस स्टडिज, कमर्स, मेनेजमेन्ट, फाइनान्स या अर्थशास्त्र कुनै एक विषयमा स्नातकोत्तर पूरा गरेको हुनुपर्नेछ । २१ वर्ष पुरा भइ ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
एसिस्टेन्ट र जुनियर एसिस्टेन्टका लागि कुनै पनि विषयमा इन्टरमिडियट पास गरेको र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । एसिस्टेन्टको हकमा भने सम्बन्धित क्षेत्रमा २ वर्ष काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
यसका अलावा अंग्रेजी र नेपाली भाषा लेखनमा पोख्त हुनुका साथै दुबै भाषा राम्रोसँग बोल्न जान्ने, कम्प्युटरसम्बन्धि ज्ञान भएको र बैंकको कुनै पनि शाखामा काम गर्न सक्ने हुनुपर्नेछ ।
आवश्यक कागजातहरु
इच्छुक र बैंकले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले निम्न कागजात सहित बैंकको केन्द्रिय कार्यालय तीनकुनेमा सम्पर्क गर्नुपर्नेछ :
आफूले चाहेको पद र सुरु गर्न चाहेको मितिसहितको निवेदन
भर्खरै खिचेको पासपोर्ट साइजको फोटो
नागरिकताको फोटोकपि
सबै शैक्षिक प्रमाणपत्रको फोटोकपि
योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई १५ जुलाई अर्थात असार ३१ गतेभित्र बैंकमा सम्पर्क गर्नुपर्नेछ । थप जानकारी चाहिएमा बैंकको टेलिफोन नम्बर ९७७-१-४४८८४८० मा सम्पर्क गर्न सक्नुहुनेछ ।