April 5th, 2020

सरकार आफैले पुरा गरेन क्वानेन्टाइनको मापदण्ड (यस्तो छ सरकारी मापदण्ड)

बैंकिङ खबर । सरकारले कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ स्वीकृत गरेको कैयौं दिन वितिसकेको छ । तर कोरोना शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनको मापदण्ड अनुसार राखिएको छैन । शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म राख्ने मापदण्डमा उल्लेख छ । यस्तै, क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको दूरी ३।५ फिट हुनुपर्ने जनाइएको छ । सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले सहयोगी भावना राख्ने, तोकिएको स्थानमा मात्र रहने, सूर्तिजन्य एवं मादक पदार्थको सेवन गर्न नपाइने, उपलब्ध सामानको हिफाजत गर्ने र क्वारेन्टाइनबाट कोही भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिने जस्ता विषयहरु उल्लेख गरिएको छ । यस्तै क्वारेन्टाइनमा सरकारले राम्रो सुरक्षा र खानपानको व्यवस्थासहितको मापदण्डमा उल्लेख छ । । मापदण्डमा बिहानको चिया खाजा साढे ७ बजेदेखि ८ बजेसम्म, दिउँसोको खाना साढे ११ बजेदेखि १२ बजेसम्म, दिउँसोको खाजा साढे २ बजेदेखि ३ बजेसम्म र रातिको खाना साढे ७ बजेदेखि ८ बजेसम्मका लागि उल्लेख छ । यी मापदण्ड केही समिति ठाउामा बाहेक अन्य ठाउँमा उलंघन भएका छन् । सरकारले विदेशबाट आएका, भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेको समेत छैन । के के छन् मापदण्डमा :