April 4th, 2020

कुमारी बैंकको बिगमार्ट र दराज सँग १०% छुटको प्रावधान

बैंकिङ खबर । कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंकले दराज मार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १०% या अधिकतम ५०० सम्मको आकर्षक छुटको प्रावधान गरेको छ । उक्त योजना सीमीत अवधिकालागी मात्र लागू हुनेछ ।
सो सहमति पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झट बिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।
लकडाउनको यस विषम परिस्थितिमापनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल/अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]