Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पिएसपी र पीएसओको अनुमति एउटै कम्पनीलाई दिँदा दुर्घट्ना हुनसक्छ

२०७६ चैत्र २२ गते

बैंकिङ खबर । अनलाइन पत्रिका काठमान्डु प्रेस डटकममा प्रकाशित समाचार ह्यक गरेर इसेवा सञ्चालक कम्पनी एफवान सफ्ट इन्टरनेसनलले डिलिट गरेपछि उठेको प्रशंग डाटा सेक्यूरिटिको हो । उक्त कम्पनीले आफैले बनाएको र जिम्मा लिएको अनलाइन ह्याक गरेपछि उसले जिम्मा लिएका अरु यस्तै कम्पनीको डाटा सुरक्षाको विषय तिब्र रुपमा उठेको छ ।  उक्त कम्पनी अन्तरगत रहेको इसेवा नेपाल राष्ट्र बैंकबाट वालेट कम्पनीको रुपमा मान्यता प्राप्त कम्पनी हो । इसेवासँगै प्रभु पे, आइएमई पे र खल्ती लगायत यस्तै काम गर्ने अरु पनि वालेट कम्पनीहरु छन् । जसलाई नेपाल राष्ट्र बैंकले सोही बमोजिम लाइसेन्स दिएर काम गरिरहेका छन् । इसेवा प्रयोग गर्नेहरुका लागि मात्रै यो प्रशंग होइन । मानौ इसेवा युजरहरुले अरु वैकल्पीक वालेट प्रयोग गर्लान् । यसको मुख्य आउन सक्ने समस्या भनेको मोवाइल वालेट प्रयोगको अनुमति लिएकै कम्पनीका मालिकलाई सरकारले

अब राष्ट्र बैंक र सरोकारवालाले सोच्नुपर्ने विषय

नेपाल राष्ट्र बैंकले मोवाइल वालेट अर्थात पेमेन्ट सिष्टमको लाइसेन्स दिँदा इबैंकिङ कारोबार गर्ने वा वालेट कम्पनीको रुपमा काम गर्ने कम्पनीको पहिचान गर्नुपर्ने अबस्था यो घटनाले देखाएको छ । यदी यही कार्य उक्त कम्पनीले निर्माण गरेको कुनै बैंकिङ च्यानल वा अरु वालेट कम्पनीको डाटामा गएर समाचार ह्याक गरेजस्तै डाटा ह्याक गरिएको भए बैंकिङ क्षेत्रमा कति ठुलो समस्या पैदा हुने थियो । भोलिको अबस्था यही आउन सक्ने देखिन्छ । नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सिस्टमको काम गर्ने कम्पनीको लाइसेन्स दिँदा अर्थात पेमेन्ट सर्भिस प्रोभाइडर (पिएसपी) को लाइसेन्स लिँदा वा दिँदा डाटावेसको काम गर्ने अर्थात पेमेन्ट सिस्टम अप्रेटर (पीएसओ) को काम गर्ने कम्पनीलाई वा त्यस्तो कम्पनीसँग जोडिएका कम्पनीलाई लाइसेन्स दिनु त्रुटिपूर्ण देखिने जानकारहरु बताउँछन् । उनीहरुका अनुसार पेमेन्ट सर्भिस प्रोभाइडर (पिएसपी) र पेमेन्ट सिस्टम अप्रेटर (पीएसओ) को लाइसेन्स एउटै कम्पनी वा एउटै व्यक्ति र उसको भगिनि कम्पनीलाई दिनुले यस्ता समस्या दोहोरिन सक्छन् । जसले गर्दा एउटै व्यक्ति वा उससँग सम्बन्धित व्यक्तिलाई भोलिका दिनमा पनि लाइसेन्स वितरण गर्दा सोच्नुपर्ने यो उदाहरणबाट सिक्नुपर्ने उनीहरु बताउँछन् ।

अब के गर्ने ?
राजनीति गर्ने व्यक्ति र व्यबसाय गर्ने व्यक्ति एउटै भयो भने कैयौं समयमा यस्ता समस्याहरु आउन सक्छन् । राजनीतिक इगो रहन सक्छ । काठमाडौं प्रेस डटकमको हकमा पनि यस्तो भएको हुन सक्छ । त्यस्तै एउटै व्यक्ति वा फर्मलाई दुवै किसिमको व्यबसाय संचालन गर्ने लाइसेन्स दिनु उपयुक्त नहुन सक्छ । पेमेन्ट सर्भिस प्रोभाइडर (पिएसपी) र पेमेन्ट सिस्टम अप्रेटर (पीएसओ) को काम गर्न एउटै कम्पनीका भगिनि कम्पनीलाई दिनु उपयुक्त नहुन सक्छ । अहिले पनि ग्लोवल आइएमई बैंकको आइएमई पे तथा प्रभु बैंकको प्रभु टेक्नोलोजी रहेका छन् । यसअर्थ प्रभु बैंकले प्रभु टेक्नोलोजीसँग र ग्लोवल आइएमई बैंकले आइएमई पेसँग ईबैंकिङ र मोवाइल बैंकिङको लागि एजेन्ट नियुक्ती गर्न दिनु उपयुक्त नहुने आइटी क्षेत्रका जानकारहरु बताउँछन् ।

 

‘ईसेवा’माथि उठ्यो गम्भिर प्रश्न : बैंकिङ क्षेत्रनै तरंगित !

 
 
Ad