April 2nd, 2020

धनि मानिसका असल गुणहरु : जो अफ्ठ्यारो र विपदका लागि पैसा जोगाउँछन्

बैंकिङ खबर । सन्सारमा धेरै धनि मानिसहरु छन् । जसलाई समयले धनि बनायो । उनीहरुमा केही यति धेरै राम्रा गुणहरु छन् । जो सबैका लागि अनुसरण गर्न लायक छन् । यी बानीहरु, यी काम गर्ने शैलीहरु र लगावहरु धेरैका लागि महत्वपूर्ण बन्न सक्छन् । प्रस्तुत छ एक सामग्री : 

१। सबैसँग समान व्यबहार
अधिकांश धनाढ्यमा एउटा समानता छ । उनीहरू मनपर्दी पैसा उडाउँदैनन्, उनीहरू आबश्यक ठाउँमा खर्च गर्न डराउँदैनन् । यसको मतलब के हो भने उनीहरू साधारण घरमा बस्छन्, साधारण गाडी हाँक्छन् र हवाई यात्रा गर्दा पनि बिजनेश क्लासमा नभई इकोनोमी क्लासमा यात्रा गर्छन् । विश्वका धनीहरूको सूचीमा समावेश भएका अमेरिकी बहुराष्ट्रिय कङ्गलोमेरेट कम्पनी बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकारी वारेन बफेट र मेक्सिकन टाइकुन कार्लोस स्लिम दुवै दशकौंदेखि एउटै घरमा बसिरहेका छन् । हामीले के सिक्नुपर्छ भने मासिक रूपमा तिर्नुपर्ने किस्ता तिर्न सक्ने सामथ्र्य छैन भने ऋण लिएर घर खरीद गर्नु हुँदैन । ऋण लिएर किनेको घर होस् वा भाडाको, घरमा आफ्नो कमाइको ४० प्रतिशतभन्दा बढी खर्च गर्नु हुँदैन ।

२। फजुल खर्च कम गर्नु
स्मार्ट धनाढ्यहरू डिजाइनर लुगा, ब्राण्डेड जुत्ता र एक्सेसरिजमा धेरै नै कम खर्च गर्छन् । उनीहरूले आफ्ना छोराछोरीका लागि समेत उही नियम चलाएका हुन्छन् । उनीहरू भविष्यमा आफू र आफ्ना छोराछोरीलाई धनी बनाइराख्ने किसिमका कुरामा खर्च गर्छन् । हाल आफू धनी भइरहेको जस्तो देखाउने वस्तु खरीद गर्नबाट उनीहरू टाढै बस्छन् । यसैकारण इन्फोसिसका संस्थापक नारायण मूर्ति र बलिउड सुपरस्टार रजनीकान्त दैनिक जीवनमा धोती–कुर्ता नै लगाउँछन् । लुगा तथा कपडा खरीदमा कमाइको ३ देखि ५ प्रतिशतभन्दा बढी खर्च गर्नु हुँदैन । लुगामा र मूल्य क्षय हुँदै जाने कारजस्ता वस्तुमा खर्च गर्नुभन्दा भन्दा पनि आफ्नो सम्पत्ति बढाउँदै लैजाने खालको कुरामा लगानी गर्नु उपयुक्त हुन्छ ।

३। पहिला बचत अनि लगानी र खर्च
वफेटले भनेका छन्, ‘आफूलाई आवश्यक भइनसकेको वस्तु खरीद र्गयौ भने भने छिट्टै नै आफूलाई आवश्यक भइरहेको वस्तु विक्री गर्नुपर्ने अवस्था आउँछ ।’ अधिकांश धनाढ्यले आफ्नो आम्दानीको कम्तीमा पनि २० प्रतिशत बचत र लगानी गर्छन् अनि बाँकी रहेको रकम मात्र खर्च गर्छन् । आफ्नो कमाइ थोरै छ भने पनि बचत गर्ने बानी भयो भने त्यसले भविष्यलाई सुरक्षित बनाउन सहयोग गर्छ र सेवानिवृत्त हुने बेलामा दुःख गर्नुपर्ने अवस्थाबाट बचाउँछ । पहिले बचत गर्नुपर्छ र केही रकम अनपेक्षित आपतविपतका लागि पनि छुट्ट्याउनु पर्छ । लगानीलाई एउटा बानीका रूपमा विकसित गर्नुस् । यसलाई स्वचालन नै बनाउनुस् । ६ महीनासम्म मासिक खर्च पुग्ने रकम आपत–विपदको समयका लागि जोगाइराख्नुस् ।

४। नगदरहित कार्डको प्रयोग बढी गर्नु
अधिकांश धनी व्यक्तिहरूले त्यति मात्र नगद बोक्छन् जति आफूलाई चाहिएको वस्तु खरीद गर्न पुगोस् । उनीहरू क्रेडिट कार्डलाई नै बढी प्राथमिकता दिन्छन् । क्रेडिट कार्डले बढी खर्च गराउँछ भन्ने भनाइ रहे पनि यी धनाढ्यहरू चाहिँ अनुशासनमार्फत खर्च जोगाउँछन् र क्रेडिट कार्डबाट खर्च गर्दा पाइने छूट र सुविधाको लाभ उठाउँछन् । क्रेडिट कार्डको प्रयोग गर्दा आफूले कहाँ–कहाँ, के–के कुरामा खर्च गरेको हो, त्यसको रेकर्ड स्पष्ट हुन्छ । साथै यस्ता कार्डबापत पाइने छूट र सुविधा भनेको थप आम्दानी बराबरै हो । यसबाट पैसा चोरी हुने सम्भावना पनि घट्छ ।

५। छुट, कुपन र बचतका रणनीति बनाउनु
यो पनि खर्च घटाउने राम्रो बानीमध्येको एक हो । धेरैजसो धनी व्यक्तिहरू छूट, सेल, कुपन र पुरस्कार जस्ता अवसरको खोजीमा रहेका हुन्छन्, जसबाट उनीहरूले आफ्नो लागत र खर्च घटाउन सकून् । थोरै मात्र छूटले पनि ठूलो रकमको बचत हुन सक्छ । त्यस्ता व्यक्तिहरूले आफ्ना कर्मचारीले कार्यालयमा बत्ती बन्द गरेरनगरेको समेत निगरानी गर्छन् । किनकि उनीहरूलाई लागत कसरी घटाउने भन्ने कुराको राम्रो जानकारी हुन्छ । कुनै पनि बिल तिर्न र टिकट बुकिङ गर्नका लागि पेटीएम् जस्ता मोबाइल एप्सको प्रयोग गर्न सकिन्छ । यस्ता एप्सको प्रयोग गर्दा नगद फिर्ता वा छूटको व्यवस्था हुन्छ । त्यस्तै कुनै यात्रा गर्दा पनि त्यसको शुल्कमा छूट दिने साइटहरूसँग सम्पर्क गर्न सकिन्छ ।

६। गुणस्तरलाई महत्व दिनु
अधिकांश धनाढ्यहरूले कुनै वस्तु सस्तो हुँदैमा खरीद गरिहाल्दैनन् । उनीहरूको बुझाइमा राम्रो गुणस्तरको वस्तु धेरै लामो समयसम्म टिक्छ । घरमा प्रयोग हुने कुनै सस्तो सामान खरीद गरियो भने त्यसको मर्मत सम्भारमा धेरै पैसा खर्च हुन सक्छ अथवा त्यो बिग्रिएर छिट्टै नै त्यसको सट्टामा नयाँ सामान ल्याउनुपर्ने हुन सक्छ । कुनै पनि वस्तु खरीद गर्नुभन्दा अगाडि त्यसको लागत र लाभबीच एक तुलनात्मक अध्ययन गरिनुपर्छ । त्यस्तै एकपटक वा दुईपटक मात्र प्रयोग हुने कुरा जस्तै– लुगा र महँगा खेलौनाहरू खरीद गर्नु हुँदैन ।

र त अफ्ठ्यारो र समस्याका बेला निर्धक्क मन फुकाएर खर्च गर्छन् । जोसँग त्यो हैसियत पनि हुन्छ । एजेन्सीहरुको सहयोगमा