April 2nd, 2020

नेपालमा थप १ जनामा कोरोना संक्रमण, नयाँ संक्रमित महिला बाग्लुङकी

बैंकिङ खबर । नेपालमा थप एक महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमित भेटिएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार अब नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको जनाइएको छ । उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजमा चैत ४ गते नेपाल आएकी थिइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]