April 2nd, 2020

आरबिआईद्धारा समस्याग्रस्त निर्यातकर्तालाई ठुलो राहत

बैंकिङ खबर । भारतीय रिजर्व बैंक (आरबीआई) ले कोविड १९ महामारीले आएको कठिनाईलाई मध्यनजर गर्दै २०२० जुलाई ३१ सम्म गरीएको निर्यातबाट हुने आयलाई देशमा फिर्ता ल्याउने अवधि निर्यातको मितिदेखि १५ महिनासम्म बढाएको छ । भारतीय रिजर्भ बैंकले बुधबार कोरोनाभाइरस महामारीको आर्थिक प्रभावका साथसाथै निर्यात आयमा बृद्धि र स्वदेश फिर्ताको अवधि सहित नयाँ उपायहरूको घोषणा गरेको छ। यससँगै, आरबीआईले सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूको आय र खर्चको नगद प्रवाहमा भिन्नतामा सण् प्रतिशतले वृद्धि गरेको छ। आरबीआईले एक विज्ञप्ति मार्फत हाल निर्यातकर्ताहरुबाट सामान र सफ्टवेयरको निर्यातको सम्पूर्ण रकम निर्यातको मिति देखि नौ महिना भित्र ल्याउनु पर्ने बताएको छ ।