April 2nd, 2020

राष्ट्रिय व्यापार संघले दियो विपन्न परिवारलाई खाद्यान्न

बैंकिङ खबर । राष्ट्रिय व्यापार संघले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । काठमाडौंका २५ परिवारलाई संघले खाद्यान्न सहयोग गरेको हो । प्रति परिवार एक बोरा चामल र ३ किलो दालका दरले सहयोग गरिएको संघका महासचिव बैकुण्ठ दाहालले जानकारी दिए । दैनिक ज्यालादारीमा काम गर्दै जिविको पार्जन गर्दै आएका यि परिवारहरु लकडाउनडाउन पछि समस्यमा परेका थिए । संघका अध्यक्ष कमल अग्रवाल, उपाध्यक्ष हेम खराल तथा महासचिव बैकुण्ठ दाहाल लगायतको टोलिले उनीहरुलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]