April 2nd, 2020

एउटा देश जहाँ ‘कोरोना भाइरस’ शब्द बोल्ने र लेख्नेलाई जेल सजाय तोकियो

बैंकिङ खबर ।  विश्वव्यापी रूपमा, कोविड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दो छ । विश्वको शक्तिशाली राष्ट्रमा पनि कोरोनाले ठूलो विनाश गरिरहेको छ । तर केहि देशहरू अझै पनि कोभिड १९ को संक्रमणबाट जोगिएका छन् । त्यस्तै एउटा देश हो तुर्कमेनिस्तान (तुर्कमेनियाको नामले पनि चिनिन्छ) मध्य एसियामा अबस्थित यो एक तुर्किक देश हो । तुर्कमेनिस्तानले कोरोना भाइरस शब्द प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । त्यहाँ कुराकानी वा अरू कुनै तरिकाले कोरोना भाइरस शब्द प्रयोग गर्ने व्यक्तिलाई पक्राउ गरी जेल पठाइन्छ । कोरोना नामको यो विश्वव्यापी महामारीबाट पीडित ईरानको छिमेकमा तुर्कमेनिस्तान अवस्थित छ । हालसम्म, त्यहाँ कोरोना भाइरस संक्रमणको एउटा पनि केस प्राप्त भएको छैन । तुर्कमेनी सरकारले स्थानीय मिडिया र स्वास्थ्य मन्त्रालयद्धारा मानिसहरूलाई कोरोनाका बारे सचेत पार्ने ब्रोसरमा यो शव्द प्रयोग गर्नबाट रोकिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]