April 1st, 2020

भारतमा सरकारी बैंकको मेगा मर्जर ! कुनकुन भए विलय ?

 बैंकिङ खबर । कोरोना संक्रमण र सन्त्रासका बीच पनि भारतमा सरकारी बैंकहरुको मेगा मर्जर गरिएको छ । जहाँ १८ वटा सरकारी बैंक रहेका थिए । अब भने बीग मर्जरपछि १२ वटा मात्रै बाँकी रहेका छन् । २०१७ सम्ममा सार्वजनिक क्षेत्रका २७ बैंकहरू थिए । तर अब देखि देशका सरकारी बैंकहरूको संख्या १८ बाट १२ भएको छ । गत आर्थिक वर्षमा देना बैंक र विजया बैंकलाई बैंक अफ बडोदासँग गाभिएको थियो । उही समयमा यसको सबै सहयोगी बैंकहरू र भारतीय महिला बैंकलाई भारतीय स्टेट बैंक (एसबीआई) मा मर्ज गरियो । स्टेट बैंक अफ पटियाला, स्टेट बैंक अफ बिकानेर र जयपुर, स्टेट बैंक अफ मैसूर, स्टेट बैंक अफ त्रावणकोर र स्टेट बैंक अफ हैदराबादलाई देशको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इंडिया (स्टेट बैंक) मा अप्रिल १, २०१७ मा मर्ज गरीयो । 

मर्जरपछिका सरकारी बैंकहरु

• पंजाब नेशनल बैंक+यूनाइटेड बैंक + ओरिएंटल बैंक अफ कमर्श (पंजाब नेशनल बैंक)

• केनरा बैंक (Canara Bank)+ सिंडिकेट बैंक (केनरा बैंक)

• इंडियन बैंक+इलाहाबाद बैंक (इंडियन बैंक)

• यूनियन बैंक+आंध्रा बैंक+करपोरेशन बैंक (यूनियन बैंक)

• बैंक अफ इंडिया

• बैंक अफ बड़ौदा

• बैंक अफ महाराष्ट्र

• सेंट्रल बैंक अफ इंडिया

• इंडियन ओवरसीज बैंक

• पंजाब एंड सिंध बैंक

• भारतीय स्टेट बैंक (SBI)

• यूको बैंक (UCO Bank)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]