March 31st, 2020

राष्ट्र बैंकले लकडाउनपछि मात्रै गभर्नर पाउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लकडाउनको समयपछि मात्रै नयाँ गभर्नर पाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनपछि मात्रै गभर्नर नियुक्ति गरिने बताएका छन् । अर्थमन्त्री डा. खतिवडाले लकडाउनको अवधिमा भेटघाट र बैठक बस्न समस्या पर्ने भएको हुँदा गभर्नर नियुक्तिमा ढिलाई हुने बताएका हुन् । उनले लकडाउनको अबस्था सकिएपछि मात्रै गभर्नर नियुक्ति गरिने उल्लेख गरे । यसअघि अर्थमन्त्री खतिवडाको संयोजकत्वमा तीन सदस्यीय गभर्नर नियुक्ति सिफारिस समिति बनेको थियो । मन्त्रिपरिषद् बैंठकले गर्भनर नियुक्तिका लागि अर्थ मन्त्री डा युवराज खतिवडाको संयोजकमा पुर्वगभर्नर बिजयनाथ भट्टराई र पुर्व अर्थ सचिव कृष्णहरी बाँस्कोटा सम्मिलित तीन सदस्यीय समिति गठन गरेको हो । डा। चिरञ्जीवि नेपाल गभर्नरपदबाट अवकास भएको करिव दुइसाता पुग्न लागेको छ । समितिले एकजना डेपुटी गभर्नर सहित नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने छ । ती तिनजनाबाट मन्त्रीपरिषदले एकजनालाई गभर्नर पदमा नियुक्ति गर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]