March 31st, 2020

अमेरीकामा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार, इटालीमा १ लाख बढी

बैंकिङ खबर । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरीकामा देखिएको छ, त्यहाँ एकलाख ६४ हजार ७ सय नाघेको छ । विश्भरी कोरोना संक्रमण हुनेको संख्या ८ लाख नाघेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या करिव ४० हजार पुगेको छ । तिब्र गतिमा बढेको यो तथ्याङ्क सबैभन्दा बढी अमेरिकामा १ लाख ६५ हजार बढी देखिएको छ । दोस्रोमा इटाली १ लाख १ हजार बढी र तेस्रोमा स्पेन करिव एकलाख तथा चौथोमा चाइना रहेको छ । चायनामा जहाँ ८१ हजार बढी संक्रमित भएका छन् । जर्मनी इरान र फ्रान्चमा पनि संक्रमितहरुको संख्या अत्याधिक रहेको छ । यो मंगलबार साँझ ७ :३० बजेसम्मको तथ्याङ्क हो ।