बैंकिङ खबर । कोरोना भाइरसले द्रुत गतीमा आफ्नो कहर संसारभर फैलाउँदैछ र धेरै देशहरूले संक्रमण रोकथाम गर्न विभिन्न विधिहरू अपनाइरहेका छन् । अधिकांश देशहरूमा राज्यहरू र शहरहरूले लकडाउनबाट कोरोनाको संक्रमण नियन्त्रण गरिरहेका छन् तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रिजिसले लकडाउन गर्ने देशहरुलाई चेतावनी दिएका छन् । रिपोर्ट अनुसार कोरोना भाइरस विरुद्ध लड्न धेरै देशहरूले लागू गरेको लकडाउन विश्वबाट भाइरस निर्मूल गर्न पर्याप्त हुँदैन । दैनिक अपडेटमा गेब्रिजिसले भने, “धेरै देशहरूले कोरोनाभाइरस संक्रमणको प्रसारलाई कम गर्न लकडाउन उपाय अपनाएका छन् ।“ तर उनीहरूका अनुसार यो उपायले महामारीको अन्त्य गर्दैन ।
उनका अनुसार “मानिसहरूलाई घरमा बस्न र तिनीहरूलाई आवत जावत गर्न बन्द गर्दा समय प्राप्त हुन्छ, जसले स्वास्थ्य प्रणालीमा दबाब कम गर्दछ ।।। तर यसले महामारीको अन्त्य भने गर्दैन।“ डब्ल्यूएचओका प्रमुखका अनुसार “व्यक्तिलाई आइसोलेसनमा राख्नु, खोज्नु, परीक्षण गर्नु, अलग गर्नु,र उपचार गर्नु नै उत्तम र द्रुत तरीका हो, तर यस बाहेक, सामाजिक र आर्थिक स्तरमा ठूला कदमहरू चाल्नु पर्छ ।“ हाल विश्वभरिका देशहरूमा आपतकालिन अवस्था आइपरेका छन् । धेरै देशहरूले यसको रोकथामका लागि लकडाउनको बाटो अपनाएका छन् र तीन अरब भन्दा बढी मानिसहरू लकडाउनमा रहन बाध्य छन् ।