March 31st, 2020

जर्मनीका स्टेट वित्त मन्त्रीद्धारा आत्महत्या

बैंकिङ खबर । जर्मनीका स्टेट फाइनान्स मिनिस्टर थोमस स्काफरले आत्महत्या गरेका छन् । फ्रांकफर्टबाट मेन्ज जाने रेलवे ट्रयाकमा उनको शव फेला परेको हो । शवको प्राथमिक अनुसन्धानबाट प्रहरीले आत्महत्या भएको अनुमान लगाएको छ ।

कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा असर पर्न थालेपछि वित्तमन्त्री स्काफरले आत्महत्या गरेको बताइएको छ । महामारीको समयमा प्राप्त वित्तीय सहयोगबारे अवगत गराउन उनी पछिल्लो समय बारम्बार सार्वजनिक स्थलमा देखिन्थे ।

जर्मनीको हेस स्टेटमा विगत दुई दशकदेखि राजनितीमा सक्रिय उनी १० वर्षदेखि वित्त मन्त्रीको कार्यभार सम्हाल्दै आएका थिए । कोरोनाका कारण अर्थतन्त्रमा परेको असरबारे उनी अत्यन्तै चिन्तित थिए । संकटको समयमा जनताहरुको आवश्यकता पूरा गर्न नससकने हो कि भन्ने कुराले उनलाई सताइरहेको स्टेट प्रेजिडेन्ट भोल्कर बफायरले बताए । यस संकटबाट बाहिर निस्किने कुनै उपाय नदेखेपछि स्काफरले आत्महत्या गरेको बफायरको ठम्याई छ । प्रहरीको विस्तृत रिपोर्ट आउन भने बाँकी रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]