Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र बोर्डमा थपिए २८ कर्मचारी

admin २०७३ असार २१ गते
सेयर:

dhitopatraनेपाल धितोपत्र बोर्डले २८ जना कर्मचारीलाई नियुक्त गरेको छ । आफ्नो नियमन जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पन्न गर्न भन्दै बोर्डले लामो समयसम्मको प्रकृया पुरा गरेर १ जना निर्देशक, ७ जना उपनिर्देशक, ११ जना अधिकृत र ९ जना सहायक तहमा गरी २८ जना कर्मचारी नियुक्त गरेको हो । नयाँ संबैधानिक व्यवस्था अनुसार लोकसेवा आयोगको सामान्य सिद्धान्त अनुसार लोकसेवा आयोग समेतको संलग्नतामा नयाँ कर्मचारी नियुक्त गरिएको बोर्डद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । अब जनशक्ति अभावकै कारण काममा ढिलासुस्ती नहुने बोर्डको दाबी छ । 

थप गरिएको जनशक्तिले बोर्डको नियमति कृयाकलापका साथै पूँजीबजार सुधारमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा बोर्डले लिएको छ । बजार सामान्य अवस्थाबाट क्रमिक रुपमा आधुनिक बन्दै जाँदा यसको आकार तथा सुचिकृत कम्पनीहरुको संख्या बढ्दै गएको सन्दर्भमा बोर्डले नयाँ जनशक्तिबाट प्रभावकारी नतिजा देखिने काम हुने अपेक्षा गरेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।