March 30th, 2020

लकडाउन अवधिभर सेयर कारोबार समेत बन्द रहने

बैंकिङ खबर । लकडाउनले बन्द रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समेत अब एक सातासम्म अझै बन्द हुने भएको छ । सरकारले आइतबार गरेको निर्णय अनुसार लकडाउनको समय चैत २५ सम्मलाई लम्बीएको छ । सोही अनुसार शेयर बजार पनि तत्काल नखुल्ने भएको हो ।

यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डले यस अवधिभर शेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखिसकेको र पत्र बमोजिम नेप्सेले थप एक साता कारोबार बन्द गर्ने तयारी गरेको छ । बोर्डकै निर्देशन बमोजिममा गत बुधबारदेखि सेयर बजारको कारोबार बन्द रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]