March 30th, 2020

कोरोना भाइरस नियन्त्रणमा भारत सरकारको नयाँ फैसला : सबै कम्पनि एकजुट

कोरोना भाइरससँग जुध्नको लागि भारत सरकारले ठुलो फैसला लिएको छ । भारतको स्वास्थ मन्त्रालयले अटोमोबाईल कम्पनिलाई भेन्टिलेटर बनाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अटोमोबाइल कम्पनिले यस सम्बन्धमा काम शुरु गरीसकेको छ । यस्तै, भारत इलेक्ट्रोनिक लिमिटेडले पनि दुई महिना भित्र लोकल म्यानुफेक्चरको सहयोगमा ३० हजार भेन्टिलेटर बनाउनुपर्नेछ । हाल भारतमा १४ हजार भन्दा बढी भेन्टिलेटर कोरोना प्रभावित बिरामीका लागि उपलब्ध छन् ।
यता, नोयडाको Agva healthcare ले पनि एक महिनामा १० हजार भेन्टिलेटर बनाउनुपर्नेछ । अप्रिलको दोस्रो हप्ताबाट यसको भेन्टिलेटर सप्लाई शुरु हुनेछ । DRDO ले आउदो हप्ताबाट हरेक दिन २० हजार N99 मास्क बनाउनेछ । हाल देशभरको अस्पतालमा ११ लाख ९५ हजार N95 मास्क स्टकमा रहेको छ । दुई घरेलु म्यानुफ्याक्चरले हरेक दिन ५० हजार N95 मास्क बनाइरहेका छन् । आउदो हप्तासम्म यसले हरेक दिन एक लाख मास्क बनाउनेछ । रेडक्रसले आज १० हजार पीपीई प्रदान गरेको छ र २० लाख पीपीईको लागि साउथ कोरीयालाई अर्डर गरेको छ ।

मारुति सुजुकीले पनि भेन्टिलेटर र मास्क बनाउने
कोरोना भाइरसको माहामारी सहयोगलाई लिएर ठुलो कार निर्माता कम्पनी मारुति सुजुकी इंडीया लिमिटेड (MSIL) पनि सक्रिय भएको छ । कम्पनिले भेन्टिलेटर, कास्क र अन्य सुरक्षात्मक उपकरण बनाउनका निम्ती केही कम्पनीसँग सम्झौता गरेको छ ।

-एजेन्सीको सहयोगमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]