Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी सेवा सञ्चालन गर्न विभागको निर्देशन

२०७६ चैत्र १७ गते

बैंकिङ खबर । कोरोना प्रकोपले नेपालमा लकडाउन समेत लम्बीएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् । तर सहकारी विभागले भने सहकारीहरु सुचारु राख्न निर्देशन दिएको छ । आइतबार ६ बुँदे निर्देशन जारी गर्दै स्थानीय प्रशासनसँगको समन्वयबाट सञ्चालनको निर्देशन दिइएको छ ।

निर्देशनमा यी बुदां उल्लेख छन् ।

–असहज र विषम परिस्थितिमा स्थानीय प्रशाासनसंग समन्वय गरी आफ्ना सदस्यहरुलाई प्रभावकारी सेवा दिंदै सम्पुर्ण प्रकृतिका खाताहरु नियमित रुपमा संचालनमा ल्याउने ।

–संस्थामा तरलता व्यवस्थापन गर्दै नियमित रुपमा जीवन निर्वाहमा लागि भुक्तानी तथा कर्जा प्रवाहको व्यवस्था मिलाउने ।

–उत्पादन र उपभोक्ता सहकारी संस्थाहरुले उत्पादित सामाग्रीको सहज वितरणको व्यवस्था मिलाउने ।

–व्यवसायिक सहकारी संस्थाहरुले स्थानीय रुपमा नै मास्क , स्यानीटाइजर जस्ता वस्तुहरु उत्पादन र वितरण को व्यवस्था मिलाउने ।

–महामारी नियन्त्रणका लागी सम्भव भएसम्मका माध्यमबाट सचेतना फैलाउने र उपलब्ध भएसम्म का सुरक्षाका सामाग्री वितरण गर्ने ।

–शंकास्पद विरामी/सदस्य देखिएमा सुरक्षित तवरले अस्पताल सम्म पुर्याउने ब्यवस्था मिलाउने ।

Ad