March 30th, 2020

कोरोना राहात : परिचय पत्रको आधारमा खाद्यन्न वितरण गरीने

बैंकिङ खबर । कोरोना भाइरसको संक्रमणबाट जोगिन ’लकडाउन’ घोषणा गरेको नेपाल सरकारले पनि आफ्ना जनतालाई लक्षित गरी आर्थिक प्याकेज घोषणा गरेको छ । भर्खरै सरकारका प्रवक्ता तथा सूचना सचार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले खाद्यन्न राहत प्याकेजको घोषणा गर्नुभएको छ । 

सरकारले कोरोनाको संत्रासबाट बच्न लकडाउनको समय थप गर्दैै यसबाट आम नागरीकमा पर्ने प्रभावलाई मध्यनजर गर्दै गरिब तथा बिपन्न मजदुर तथा साना तथा मझौला व्यवसायीहरुलाई लक्षितगरी प्याकेजको घोषणा गरेको हो ।  गर्भवती, सुत्केरी, बालाबालिका तथा बृद्धहरु राहतको प्राथमिकतामा हुनेछन् । आइतबार बसेको बैठकले यस्ता परिवारलाई परिचय पत्रका आधारमा प्रदेश तथा स्थानीय सरकारबाटै खाद्यान्न सहयोग गर्ने निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]