
बैंकिङ खबर । सरकारले भ्याटको समय सीमा थपेकोे छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । अब फागुन महिनाको भ्याट २०७७ बैशाख २५ गतेसम्म तिर्न सकीने भएको छ । कोरोना भाइरसको प्रभावको कारण कर तिर्ने समय बढाइएको हो । यस्तै अग्रिम आयकर दाखिला गर्ने म्याद पनि २०७७ वैशाख २५ सम्म नै थप भएको छ ।
त्यस्तै, कम्पनी रजिष्टार कार्यालयका सम्पूर्ण कामकाज, सवारी साधानको नविकरण, सवारी अनुमति पत्रको नविकरण जस्ता अन्य नविकरणको समय समेत बैशाख मसान्तसम्म थप भएकोे छ ।