March 30th, 2020

राष्ट्र बैंकले गर्‍यो सहुलियत घोषणा : चैतको किस्ता असारमा तिर्दा हर्जना नलाग्ने

विश्वव्यापी महामारीको रुपमा फैलिको कोरोना (कोभिड-१९) भाइरसको संक्रमणले अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै सहुलियतको घोषणा गरेको छ। 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले सबै बैंकलाई पत्राचार गर्दै राष्ट्र बैंकको घोषणा कार्यान्वयनका लागि अनुरोध गरेका हुन्। 

ढकालले गरेको पत्राचार अनुसार चैतम सान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिले असार मसान्तसम्म ऋण तिर्न सक्नेछन्। 

‘२०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिक  त्रयमासिक किस्ताको (के्रेडिट कार्डसमेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनुपर्ने छ’, राष्ट्र बैंकको पत्राचारमा भनिएको छ, ‘सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जना लिन पाइने छैन। किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गामा वर्गीकरण गर्नु पर्ने छैन।’ 

राष्ट्र बैंकले सबै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई यस्तो पत्राचार गरेको हो।  

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]