March 29th, 2020

बैंकवित्तको अनिर्वाय नगद मौज्दात ३ प्रतिशतमा झर्यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले अनिर्वाय नगद मौज्दात (सीआरआर) सिष्टममा नयाँ नीति लिएको छ । राष्ट्र बैंकले ४ प्रतिशतको अनिर्वाय नगद मौज्दात (सिआरआर) को सीमालाई घटाएर ३ प्रतिशतमा झारेको छ । अब वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अनिर्वाय नगद मौज्दात (सीआरआर) कुल निक्षेपको ३ प्रतिशत मात्र कायम गर्दा हुने छ । राष्ट्र बैंकले कोरोना भाइरसको सन्त्रास तथा संक्रमणबाट उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै  यस्तो नीति लिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]