March 29th, 2020

विदेशबाट फर्केर क्वारेन्टाइनमा नबसे कारबाही

बैंकिङ खबर । विदेशबाट फर्केर सम्पर्कमा नआउने र क्वारेन्टाइनमा नबस्नेहरुलाई कारबाही गरिने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार सजाय दिने निर्णय गरेको हो। ऐनमा अन्तर्गत दिइएको आदेश अपहेलना गर्नेलाई एक महिनासम्म कैद र एक सय रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुनेछ । समितिले चैत्र १ गतेदेखि लागू हुने गरी विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य १४ दिने क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]