बैंकिङ खबर । सरकारले कोरोना प्रभावितहरुका लागि राहतको कार्यक्रमको घोषणा तयारी गरेको छ । विश्वका सबैजसो देशले आफ्ना नागरिकलाई राहत प्रदान गरिसक्दा पनि नेपाल सरकार मौन रहेको भन्दै आलोचना भइरहेको बेला राहतको कार्यक्रमको घोषणाको लागि अर्थमन्त्री डा युवराज खतिवडा सक्रिय देखिए ।
न्यून आय भएका, विपन्न वर्ग, मजदुरहरूका लागि आज बस्ने मन्त्रिपरिषद् बैठकमा खतिवडाले राहतका कार्यक्रम स्वीकृतिका लागि पेश गर्ने जनाइएको छ । यस्तै, खतिवडाको सामु पर्यटन उद्योग व्यापार लगायत सम्पूर्ण क्षेत्रमा राहतको माग भइरहेको छ ।