Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमित पब्लिक फिगरहरु

२०७६ चैत्र १६ गते

रक्षा ढुंङगाना । बैंकिङ खबर । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अब विश्वभर नै आतंक मच्चाइरहेको छ । यसले कसैलाई पनि छोडेको छैन । विश्वका नाम चलेका सेलिब्रेटीहरु समेत यसको चपेटामा परेका छन् । हेरौ नाम चलेका कोरोना संक्रमित केही पब्लिक फिगर ।

 

ब्रिटिश अभिनेता तथा संगीतकार इडरीस एल्बा लाई कोरोना जांच सकरात्मक देखिएको छ । उनले ट्विटर मा भिडियो सार्वजनिक गर्दै आफुलाई कोरोना संक्रमण सकरातमक रहेको जानकारी दिएका हुन् ।
“गेम अफ थ्रोन्स“ मा टोरोन्ड खेल्ने क्रिस्टोफर हिज्जुले पनि इन्स्टाग्राम मार्फत उनलाई नर्वेमा हल्का चिसो लक्षणसहितको को कोरोनाको संक्रमण सकारात्मक रहेको जनाएका छन् ।

अष्ट्रेलियाको गृह मामिला मन्त्री पीटर डट्टनले एक विज्ञप्ति मार्फत उनलाई कोरोनाभाइरस पत्ता लागेको जानकारी दिइएसंगै उनलाई अस्पतालमा भर्ना गरि एको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी श्रीमती सोफी ग्रेगोयर ट्रूडोले लाई कोरोनाभाइरसको सकारात्मक परीक्षण देखिएको प्रधानमन्त्रीका प्रवक्ताले बताएका छन् । प्रवक्ताका अनुसार प्रधानमन्त्री जस्टिन ट्रूडो को भने स्वास्थ्य राम्रो रहेको तथा कुनै लक्षण नभएको उनले बताएका छन् ।

स्पेनिश ओपेरा गायक प्लसिडो डोमिंगो समेत कोरोनाभाइरस संक्रमित छन् ।डोमिन्गोले आइतवार आफ्नो व्यक्तिगत फेसबुक खातामा एक पोष्ट गर्दै सो जानकारी दिएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कारोना भाइरस परिक्षण गर्दा सकारात्मक देखिएको ट्विटर खातामा पोस्ट गरेको एउटा भिडियो मा जानकारी दिएका छन् ।

टम ह्यापक्क्सस् हलिउड अभिनेता टम ह्यापक्क्सले आफू र उनकी पत्नी रीटा विल्सनलाई अस्ट्रेलियामा घातक कोरोनाभाइरस सकारात्मक देखिएको जानकारी दिएका छन् ।

आर्सेनल प्रबन्धक माइकल अर्टेटाले कोरोनाभाइरसको परिक्षण सकारात्मक देखिएको छ ।यो संगै अब ब्राइटनमा गनर्स प्रिमियर लिगको खेल स्थगित हुने जानकारी आएको छ ।

’बेबी डल’ फेम की गायिका तथा भारतीय सेलिब्रिटी कनिका कपूर लाई समेत कोरोनाभाइरस परिक्षण सकारात्मक देखिएको छ ।

Ad